आज २१०औँ भानु जयन्ती मनाइँदै

असार २९, २०८० |कान्तिपुर टीभी संवाददाता
आज २१०औँ भानु जयन्ती मनाइँदै

काठमाडौं । आज असार २९, आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मदिन । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाइँदै छ । भानु जयन्तीमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भानुको सम्झनामा माल्यार्पण तथा कवितासहितका रचना वाचन गरिँदै छ । 

देशको शैक्षिक, प्राज्ञिक एवं साहित्यिक जगत्‌मा भानु जयन्तीको विशेष महत्त्व छ । भारतका दार्जिलिङ र सिक्किममा पनि आज भानु जयन्ती मनाउने गरिन्छ ।

तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले नेपाली भाषा साहित्यमा मौलिकता थपे । संस्कृत भाषामा लेखिएको लोकप्रिय ग्रन्थ रामायणलाई नेपाली लोकलयमा उतारे, आम नेपालीको जनजिब्रोमा पुर्‍याए ।

प्रश्नोत्तर माला, वधू शिक्षा, रक्त माला र राम गीता आदिकवि भानुभक्तका महत्त्वपूर्ण रचना हुन् ।

सम्बन्धित समाचार...

भानु जन्मस्थल संरक्षण योजना एक दशकदेखि अलपत्र


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement