जनकपुरका खेलाडीहरूका अगाडि नश्लीय नारा लगाउनेलाई कारबाही गर्न मधेशी आयोगको सिफारिस

पुस ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनकपुरका खेलाडीहरूका अगाडि नश्लीय नारा लगाउनेलाई कारबाही गर्न मधेशी आयोगको सिफारिस

काठमाडौं । मधेशी आयोगले जनकपुर बोल्ट्सका खेलाडीहरूका अगाडि नश्लीय नारा लगाउने‍हरूलाई कारबाही गर्न सिफारिस गरेको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले गत पुस ४ गते सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर अन्तर्गत कर्णाली याक्स विरुद्धको खेलमा उदण्ड र अराजक समूहले नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको र जनकपुरका खेलाडीहरूकै अगाडि अभद्र र अपमानित हुने नारा जुलुस गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको हो ।

“अहिले एउटा सम्प्रदायमा देखिएका मधेशी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ । एनपीएलमा जनकपुरका खेलाडीहरूका अगाडि नै अभद्र र अपमानित हुने खालका नारा जुलुस लगाए । जुन कार्य अति निन्दनीय र कानुन विपरीतका दण्डनीय कार्य रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “तसर्थ, तत्कालै राज्यले ती उदण्डी र अभद्री अपराधीलाई तुरुन्त कानुनी रूपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोग अपील गर्दछ । र, सोको लागि आयोगले गृह-प्रशासनमा सिफारिस समेत गरिसकेको छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement