महानन्द पुरस्कार पोखरेल र कुरुपलाई

वैशाख १८, २०८० |गणेशमान मुखिया
महानन्द पुरस्कार पोखरेल र कुरुपलाई

झापा । भाषाशास्त्री महानन्द पुरस्कार झापा कन्काईका कोमलप्रसाद पोखरेल र इलाम चुलाचुलीका सुन्दर कुरुपलाई प्रदान गरिने भएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

भवानी घिमिरे- रंग पुण्य स्मृति साहित्य सेवा पुरस्कार इलामका विमल वैद्य, पूर्ण टुंग स्मृति साहित्य सेवा पुरस्कार पाँचथर फिदिमका प्रेम ओझालाई प्रदान गरिने महानन्द पुरस्कार समितिले जनाएको छ ।

पुरस्कारको राशि नगद १५-१५ हजार रुपैयाँ छ । यस वर्ष १५औं महानन्द पुरस्कार प्रदान गर्न लागिएको हो । महानन्द पुरस्कार समितिले साबिक मेची अञ्चलका स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको छ । स्व. महानन्द सापकोटाको दिवसको अवसरमा पुरस्कार प्रदान गरिनेछ । 


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।