सुरु भयो तीन दिवसीय जनकपुर साहित्य महोत्सव (तस्बिरसहित)

फाल्गुन ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुरु भयो तीन दिवसीय जनकपुर साहित्य महोत्सव (तस्बिरसहित)

धनुषा । जनकपुरधाममा आज (बिहीबार) देखि तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव’ सुरु भएको छ ।

महोत्सवको उद्घाटन सत्रमा नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले तराई मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन सबैलाई आग्रह गरेका छन् । वरिष्ठ सात्यिकार राजेन्द्र विमलले सामाजिक रुपान्तरणका लागि कलम चलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा ‘समावेशिता : परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’, ‘घेघ बनल घोघ’, ‘युवा : संस्कार र परिष्कार’, ‘सहिद दिलीप महतोके मोन पाडैत’, ‘सन्जालको बवाल’, ‘राजनीति : अभियान र अवसर’, ‘सम्झनामा प्रदीप दाइ’, ‘हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढी सत्र छन् ।

सत्रहरूमा वक्ता र सहजकर्ताका रुपमा स्थानीयदेखि राष्ट्रिय स्तरका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नव-मिथिला फाउन्डेसनको आयोजन गरेको महोत्सव १३ गतेसम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.