Kantipur Samachar | कान्तिपुर समाचार, २० साउन २०८२

श्रावण २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २० साउन २०८२

आजका मुख्य समाचार,

* कुलिङ पिरियडको त्रुटि छानबिन समितिले राज्य व्यवस्था समिति सभापति र सचिवको कसुर ठहर गरे पनि कारबाही सिफारिस गरेन / उन्मुक्तिको प्रपञ्चका बीच बुझायो टालटुले प्रतिवेदन ।

* बाह्र कक्षा उत्तीर्णमध्ये आधाजसो विदेश पढ्न जाने तयारीमा / स्वदेशकै शिक्षामा विश्वास नहुँदा क्याम्पसहरुमा विद्यार्थी अभाव / कमजोर शैक्षिक गुणस्तर र रोजगारी सिर्जना नहुनु मुख्य कारण ।

* चौध वर्षपछि सरकारको आप्रवासन नीतिमा परिवर्तन / श्रमिकको सीप, दक्षता पहिचान र विकासमा जोड / श्रमका लागि भारत जाने नेपालीको समेत अभिलेख राखिने ।

* भारत उत्तराखण्डमा आएको भीषण बाढीले उत्तरकाशीमा ठूलो क्षति / कम्तिमा ४ जनाको मृत्यु, ५० भन्दा बढी वेपत्ता / थप विवरण आउँदै / उद्धारमा सुरक्षार्मीलाई समेत सकस ।

* एएफसी अन्डर २० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले भोलि भुटानसँग प्रतिस्पर्धा गर्ने / तयारी सन्तोषजनक रहेको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङको भनाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.