आजका मुख्य समाचार,
* कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक आन्दोलनमा / देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा ठप्प/ बिरामीको बिचल्ली ।
* कुलिङ पिरियडको जालसाजी छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष समिति गठन / प्रतिवेदन बुझाउन २१ दिनको समय / कांग्रेसलाई नेतृत्व दिइएकोमा रास्वपाको असन्तुष्टी ।
* नाउपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको फरक व्याख्या गर्दै सरकार / संविधानविद्का पनि आ-आफ्नै तर्क / प्रधानमन्त्री भन्नुहुन्छ- कसको अविश्वास छ र ?
* इजरायल र हमासबीच गाजा युद्धविराम र बन्धक रिहाई सम्बन्धमा कतारमा आज दोस्रो चरणको अप्रत्यक्ष वार्ता हुँदै / अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इजरायली प्रधानमन्त्री नेतन्याहु वासिङ्गटनमा ।
* एएफसी एसियन कप छनोट खेलमा नेपाली महिला टोलीले गरेको प्रदर्शनप्रति एन्फा सन्तुष्ट / महिला फुटबलको संरचना निर्माणमा ध्यान दिन कप्तान भण्डारीको सुझाव ।