काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेफिडाँडामा आज साँझ स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भकुन्डेबेंसीतर्फ जाँदै गरेको बा४ख ७१ नम्बरको स्कुल बस र विपरीत दिशाबाट आइरहेको बा७१प ६८८० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
मृतक २३ वर्षीय चालक पासाङ तामाङ र पछाडि सवार २२ वर्षीय विजय तामाङ रहेका छन् । गम्भीर घाइते भएका दुवैलाई उद्धार गरी धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा राति ८:३५ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेको काभ्रे प्रहरीले जनाएको छ ।
बस अहिले प्रहरीको नियन्त्रणमा भए पनि बस चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुनिल धाजुले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।