बैंगलुरू आईपीएलको फाइनलमा, हारका बाबजुद पञ्जाबको फाइनल पुग्ने सम्भावना कायमै

जेष्ठ १६, २०८२ |खेल ब्युरो
बैंगलुरू आईपीएलको फाइनलमा, हारका बाबजुद पञ्जाबको फाइनल पुग्ने सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरू इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ को फाइनलमा प्रवेश गरेको छ। गएराति मुल्लान्पुरको महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा पञ्जाब किंग्सलाई हराउँदै ८ विकेटले आरसीबीले फाइनलमा स्थान सुरक्षित गरेको हो।

पहिलो क्वालिफायर्समा आरसीबीले टस जितेर पञ्जाबलाई पहिले ब्याटिङको निम्तो दिएको छ। पञ्जाबले कमजोर ब्याटिङ गरेर १४ ओभर एक बलमा सबै विकेट गुमाइ एक सय १ रन मात्रै बनाउन सक्यो। 

पञ्जाबले खेलमा निकै कमजोर सुरूआत गर्यो। उसले तीन ओभर चार बलमा ३० रन बनाएकै अवस्थामा तीन विकेट गुमायो। प्रियान्स आर्य सात, प्रभसिमरन सिंह १८ र श्रेयस अयर २ रनमै ब्क्याचआउट भए। 

पाँच ओभर एक बलमा जोस इङ्लिस चार रन बनाएर बाहिरिए। आरसीबिको लागि जोश हेजलबुड, भुवनेश्वर कुमार र यश दयाल मिलेर सुरूआतका चार विकेट लिएका थिए। उनीहरूले राम्रो बलिङ गर्दा नेहाल पनि ८ रन बनाएर बोल्ड भएका थिए।

मार्कस स्टोइनिसले २६ रन बनाएर आफ्नो विकेट सुर्यस शर्मालाई थमाएका थिए। शसांक सिंह तीन र मुसिर खान शून्यमा पवेलियन फर्किएपछि पञ्जाब संकटमा परेको हो। 

उसका लागि अजमतुल्लाह उमरजाईले १८ र हरप्रित बाररले ४ रन बनाएका थिए। पञ्जाबविरूद्ध हेजलवुडले समग्रमा तीन विकेट लिए भने सुर्यशको नाममा पनि तीन विकेट नै रहृयो। यी खेलाडी निकै किफायती समेत रहे। रोमारियो सेर्फड र भुवेनेश्वर कुमारले पनि १-१ विकेट लिएका थिए।

जवाफमा आरसीबीलाई एक सय २ रनको लक्ष्य पछ्याउन कुनै ठूलो चुनौति आइपरेन। उसले दुई विकेटको क्षतिमा सो लक्ष्य सहजै पुरा गरेको हो। ओपनर फिल साल्ट र विराट कोहलीले भने ३० रनको मात्रै साझेदारी गरे। विराट १२ रन बाएर आउट भए। 

अर्का ओपनर विल साल्टले भने अविजित ५६ रन बनाए। लो स्कोरिङ खेलमा पनि उसले २७ बलमै ६ चौका र तीन छक्का लगाएर ५६ रनको योगदान गरेका थिए। त्यसैगरी, मयंक अग्रवाल १९ रन मा आउट भएपनि रतज पतिदार १५ रनमा अविजित रहे।

पञ्जाबको लागि केली ज्यामिसन र मुुसिर खानले समान १-१ विकेट लिएपनि ब्याटरलाई दबाबमा राख्नै सकेनन्। यससँगै अब आरसीबी फाइनल पुगेको भएपनि पञ्जाबको फाइनल पुग्ने सबै बाटो समाप्त भने भएको छैन। उसले अब दोस्रो क्वालिफायर्स खेल्न पाउनेछ।