Kantipur Samachar | कान्तिपुर समाचार, २५ चैत २०८१

चैत्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २५ चैत २०८१

आजका मुख्य समाचार,

* सामुदायिक विद्यालयका शिक्षकको हड्तालका कारण देशभरको शैक्षिक गतिविधि ठप्प/ उत्तर पुस्तिका परीक्षणदेखि नतिजा प्रकाशनसम्म प्रभावित/ शिक्षा विधेयक चाँडो अघि बढाउन चौतर्फी दबाब ।

* बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डको स्तरोन्नतिमा ढिलाइ हुँदा यात्रुलाई सकस/ १४ किलोमिटर दुरी पार गर्न १० घण्टा / ६ वर्षमा ६० प्रतिशत मात्र काम ।

* देशभरका किसानलाई गहुँ भित्र्याउन भ्याइनभ्याई/ समयमै मल, बिउ र सिंचाइ नपाउँदा यस वर्ष पनि उत्पादन घट्ने चिन्ता/ उत्पादन बढाउने नीति कार्यान्वयन कमजोर ।

*अमेरिका आयात हुने वस्तुमा भारी कर लगाउने राष्ट्रपति ट्रम्पको घोषणापछि विश्व शेयरबजार अस्तव्यस्त/ युरोपेली र एसियाली बजारमा पनि उच्च गिरावट / तेलको मूल्य चार वर्षयताकै न्यून ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई र बैंगलुरुबीच प्रतिस्पर्धा जारी/ टस जितेको मुम्बईले फिल्डिङ रोजेपछि बैंगलुरु ब्याटिङमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.