कान्तिपुर समाचार, २४ चैत २०८१

चैत्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २४ चैत २०८१

आजका मुख्य समाचार,

* राष्ट्र बैंकमा गभर्नर नियुक्तिको गृहकार्य अन्तिम चरणमा / भोलि नाम बुझाउने सिफारिस समितिको तयारी / व्यवसायी र दल रिझाउने भन्दा अर्थतन्त्र उकास्ने व्यक्ति ल्याउन सुझाव ।

* सरकार संवेदनशिल नभएको भन्दै आन्दोलनरत शिक्षकद्वारा शैक्षिक हडतालको घोषणा / एसईईको उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसमेत प्रभावित हुने ।

* निजी क्षेत्रलाई पनि कार्वन व्यापारमा सहभागी गराउने सरकारको गृहकार्य / ऐन तर्जुमा अन्तिम चरणमा / २० वर्षभित्र कार्वन उत्सर्जन शून्यमा झार्ने लक्ष्य ।

* राष्ट्रपति ट्रम्पको आर्थिक, सामाजिक र विदेश नीतिको विरोधमा अमेरिकाभर प्रदर्शन / ५० वटै राज्यका १२ सय स्थानमा विरोध र्‍याली ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीचको खेल जारी / गुजरात टस जितेर फिल्डिङमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.