भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढ्यो

चैत्र ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढ्यो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गर्नुभएको छ । सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन दुई दिनअघि निर्णय गरी मन्त्री लेखकले कार्यान्वयन प्रक्रिया अघि बढाउनुभएको हो ।

सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको थियो । 

यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ । जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएका थिए । कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐन अनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउन मन्त्रीस्तरको निर्णय गरी सोको दाखिला खारेज मालपोत ऐन २०३४, मालपोत नियमावली, २०३६ तथा जग्गा प्रशासन निर्देशिका, २०५८ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मालपोत कार्यालय पठाई दाखिला खारेज गराई सरकारका नाममा सम्पत्ति कायम गर्ने निर्णय गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement