आजका मुख्य समाचार,
* अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई / घरेलु मैदानमा नेपाल दुई-शून्य गोलले पराजित हुँदा उपविजेतामै सीमित ।
* आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदै / भारतको महाकुम्भ मेलाको आज अन्तिम दिन / ४५ दिनमा ६४ करोडले गरे गंगा स्नान ।
* आफ्नै कार्यसम्पादन मूल्याङ्कनमा औसत र फेल भएका संघ र प्रदेश सरकारका सुशासन र समृद्धिको गफ / जिम्मेवारी लिने र सच्चिने भन्दा ढाकछोप गर्ने नेतृत्वको प्रवृत्ति ।
* सात महिनामा ९ खर्ब ८८ अर्बको वस्तु आयात हुँदा कृषिजन्य उत्पादन सबैभन्दा धेरै / तरकारी मात्रै झण्डै २६ अर्बको भित्रियो / कृषिमा आत्मनिर्भरता नारामै सीमित ।
* छ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्न इजरायल सहमत / हमासले पनि चार जना बन्धकको शव इजरायललाई भोलि हस्तान्तरण गर्ने ।