काठमाडौं । देशका पश्चिमी उच्च लेकाली र हिमाली क्षेत्रमा हिमपात तथा वर्षा भएको छ । वर्षा र हिमपातले हिउँदे बाली सप्रने भएकाले किसान खुसी भएका छन् । वर्षाले चैते धान रोप्ने किसानलाई पनि राहत मिलेको छ । यस्तै स्याउ, ओखर खेती राम्रो हुने र गहुँ, जौ, तोरीलगायतका बालीसँगै अन्य फलफूल खेतीको समेत उत्पादनमा सुधार आउने अपेक्षा किसानको छ ।
विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोसः