कान्तिपुर समाचार, २९ माघ २०८१

माघ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २९ माघ २०८१

आजका मुख्य समाचार,

* भूमि अध्यादेशको विपक्षमा उभिने जसपा नेपालको निर्णयले झण्डै दुईतिहाइको सरकार अप्ठ्यारोमा / जसपालाई फकाउने र गलाउने रणनीतिमै सत्ता पक्ष ।

* नेपालबाट संगठित साइबर अपराधको सञ्जाल चलाउँदै अन्तर्राष्ट्रिय गिरोह / इन्टरनेट सुरक्षा सरकारको प्राथमिकतामा नपर्दा व्यक्तिगत विवरणदेखि राष्ट्रिय तथ्याङ्क समेत असुरक्षित ।

* विज्ञान-प्रविधिमा महिला सहभागिता निराशाजनक / भएकै जनशक्ति पनि अवसर नपाउँदा पलायन / नास्ट भन्छ- महिला वैज्ञानिकलाई प्रोत्साहनको खाँचो ।

* गाजा युद्धविराम पालनाबारेको आरोप प्रत्यारोपले बाँकी बन्धक रिहाइ पेचिलो बन्दै / हमासले शनिबारसम्म सबैलाई नछाडे इजरायलले युद्धविराम भंग गर्नुपर्ने ट्रम्पको टिप्पणी ।

* आहा रारा गोल्डकपको सेमीफाइनल समिकरण पूरा / सिक्किमको थन्डरबोल्ट नर्थ यूनाइटेडलाई ३ शून्यले हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी अन्तिम चारमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement