Kantipur Samachar | कान्तिपुर समाचार, ०४ माघ २०८१

माघ ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०४ माघ २०८१

आजका मुख्य समाचार,

* कांग्रेस र एमालेले सत्ता चलाउने नैतिकता गुमाइसकेको विपक्षी सात दलको ठहर/ सदन छलेर अध्यादेश ल्याउनु संविधानकै मर्मविपरीत / संसद् बोलाउन सरकारको अझै आलटाल ।

* बीस प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था अध्यादेशबाट खारेज भएपछि बजारमा कालोबजारी मौलाउने जोखिम/ उजुरी दिने बाटो पनि बन्द गरेकोमा अधिकारकर्मीको आपत्ति ।

* चितवनको साहारा सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहित थप १४ जनाविरुद्ध मुद्दा दायर गर्न प्रहरीको राय/ पर्सा र रुपन्देहीमा पनि मुद्दा लैजाने तयारी ।

* पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जग्गा हिनामिना प्रकरणमा दोषी ठहर/ १४ वर्षको जेल सजाय दिने अदालतको निर्णय / खानकी पत्नी बुसरालाई पनि ७ वर्षको जेल सजाय ।

* नेपाली महिला र पुरुष टिम खो-खो विश्वकपको सेमिफाइनलमा/ महिला टिमले इरानलाई १०३-८ ले हरायो / बंगलादेशमाथि पुरुष टिमको ६७-१८ को जित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement