प्रदेश विशेषमा आज,
* जलविद्युत् आयोजनाले मापदण्डविपरीत खोलाको पानी फर्काए / पाँचथर र रामेछापमा पर्यावरण चक्रमै खलबल ।
* इटहरीस्थित अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित / १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी बचत अपचलन ।
* कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि / विषयगत समिति नेतृत्वविहीन हुँदा पर्याप्त गृहकार्य भने छैन ।
* प्यूठानको बुढाचौरका बासिन्दालाई बाह्रै मास पानीकै समस्या / पानीकै पीरले बसाइँसराइ बढ्यो ।