आजका मुख्य समाचार,
* थारु समुदायको मुख्य पर्व माघीलाई मुक्तकमैयाले स्वतन्त्रता दिवसको रुपमा मनाउँदै/ माघे संक्रान्तिका लागि तरुल र चाकु किन्नेको बजारमा घुइँचो ।
* सरकार छ महिनासम्म अलमलमै / सेवाप्रवाह सहज बनाउनेदेखि अर्थतन्त्र चलायमान बनाउने घोषणा कागजमै सीमित/ प्राथमिकता पहिचान नै गर्न नसकेको टिप्पणी ।
* शान्ति प्रकियाको दुई दशकसम्म पनि द्वन्द्वकालीन विस्फोटक पदार्थको जोखिम/ राजमार्गहरुमै भेटिन्छन् सिलिन्डर बम / डेढ वर्षमा १ सय ४३ बम निस्कृय पारेको सेनाको दाबी ।
* अमेरिकाको लस एन्जलसमा एक सातादेखि लागेको आगोबाट २४ जनाको मृत्यु, ८० हजार विस्थापित/ १० हजार संरचना ध्वस्त पारेको आगलागी अझै नियन्त्रणमा आएन ।
* एक सातापछि हुने विश्वकपअघिको वार्मअप म्याचमा नेपाली महिला अन्डर नाइन्टिन टिम वेस्ट इन्डिजसँग ९ रनले पराजित/ पर्सी अमेरिकासँग अभ्यास खेल्ने ।