आजका मुख्य समाचार,
* संसद्को ढोका थुनेर अध्यादेशबाट अघि बढ्दै सरकार / विधायकी अधिकारमाथि अतिक्रमण भएको भन्दै विपक्षीको विरोध / संसद्को प्रभावकारितामाथि नै प्रश्न उठ्ने विज्ञको भनाइ ।
* आर्थिक वर्ष आधा सकिन लाग्दासमेत विकास खर्च १६ प्रतिशतमात्रै / सरकारको कार्यक्षमतामा निरन्तर ह्रास / निर्माण क्षेत्रको वृद्धिदर पनि ऋणात्मक ।
* भ्रष्टाचार कसुरमा कारबाहीमा परेकामाथि सम्पत्ति शुद्धीकरणमा पनि अख्तियारको अनुसन्धान तीव्र / अनलाइन जुवा, क्रिप्टो कारोबारी र मिटरब्याजीसमेत तानिने ।
* अमेरिकाले थप गर्यो ९ लाख आप्रवासीका लागि अस्थायी निर्वासन सुरक्षा अवधि / एल साल्भाडोर, सुडान, युक्रेन र भेनेजुएलाका नागरिकमा लागू हुने ।
* एन्फा महिला लिगको सुपर लिगमा एपीएफको लगातार चौथो जित / विभागीय डर्बीमा त्रिभुवन आर्मी ३-१ ले पराजित / उपाधि रक्षा होडमा एपीएफको उत्कृष्ट प्रदर्शन ।