आजका मुख्य समाचार,
* सरकारको कार्यसम्पादनप्रति दुई दिनमै प्रधानमन्त्री ओलीको फरक बोली / प्रशासनिक संयन्त्रले कामै गरेन भन्दै सिंहदरबारको बैठकमा आक्रामक प्रधानमन्त्री, सार्वजनिक मञ्चमा भने रक्षात्मक ।
* बीआरआई परियोजना ऋणमा नलिन सत्तारुढ कांग्रेस र एमाले एकमत / कार्यान्वयन सम्झौताका विषयमा भने अझै अन्योल / पुराना सहमति कार्यान्वयन गर्न विज्ञको सुझाव ।
* चालु आर्थिक वर्षको चार महिनामै ४ खर्ब ६० अर्बको ब्यापार घाटा / अर्थतन्त्र सुधारका लागि नीतिगत पहल गर्न निजी क्षेत्रको सुझाव ।
* अन्तर्राष्ट्रिय अदालतले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्नु यहुदीविरोधी भएको इजरायली प्रधानमन्त्रीको आरोप / पक्राउ पुर्जीमा इयूको समर्थन, अमेरिका भने विपक्षमा ।
* पहिलो संस्करणको फ्रेन्चाइज नेपाल कबड्डी लिगका लागि सातै प्रदेशबाट एक सय १० खेलाडी छनोट / ६ शहरको नामबाट टिम सहभागी हुने / लिगको लोगो सार्वजनिक ।