नेकपा एमालेले काठमाडौंको दरवारमार्गमा आयोजना गरेको 'जागरण सभा'लाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नु भयो, 'बक्यौता उठाउन नसक्ने, अनि लाइन काट्दै हिँड्ने । अर्थतन्त्र ध्वस्त बनाउन खोज्ने, रोजगारी खोस्ने काम भइरहेको छ ।'
उहाँले अहिले ऋण लिएर थुपार्ने काममा यो सरकार नलाग्ने पनि बताउनु भयो । उत्पादनमा जोड दिने र बिस्तारै आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने उहाँको भनाइ थियो ।