कभर्ड हल र खेलकुद मैदान गौचरणमा परिणत

कार्तिक ३०, २०८१ |कमल पन्थी
कभर्ड हल र खेलकुद मैदान गौचरणमा परिणत

बर्दिया । जिल्ला खेलकुद विकास समिति, बर्दियाको अधीनमा रहेको गुलरिया-४ तुलापुरस्थित कभर्ड हल र खेलकुद मैदान कर्मचारीको वेवास्ताले गौचरणमा परिणत भएको छ। 

जिल्लामा आयोजना हुने फुटबल, भलिबल, करााते, तेक्वान्दो, दौडलगायतका खेलकुद प्रतियोगिता यहीा हुने गरेका छन्। तर प्रतियोगिता हुने समयमा मात्र कर्मचारिको ध्यान जाने र प्रशिक्षकसमेत नियमित नआउनाले खेलाडीले अभ्यास गर्न पाएका छैनन् । 

२०३६ सालमा खेलकुद विकास समितिको सात बिघा बढी जग्गामा कभर्ड हल र खेलकुद मैदान बनाइएको थियो । जहाँ जिल्लाका खेलकुद गतिविधि हुने गर्दथे । तर नियमित खेलकुद नहुँदा यो मैदान गाईवस्तु चराउने र गाडी सिक्ने थलो बनेको छ । चरन क्षेत्र बनेका कारण दुर्गन्धित बन्दा यहाँ खेल्नै गाह्रो छ । खेलकुद समितिको ध्यान नगएको कारण कभर्डहलको समेत यो अवस्था भएको खेलाडीको गुनासो छ ।

खेलकुद विकास समितिले संरचना मर्मतको लागि पटक-पटक बजेट माग गरे पनि सुनवाइ भएको छैन । बजेट नभएकै कारण मैदान र कभर्डहल मर्मत गर्न नसकिएको कर्मचारी बताउँछन् ।

स्याहार सम्भारको अभावमा करिब दुई दशकदेखि जीर्ण बनेको कभर्ड हलको भवनसमेत सम्बन्धित निकायले स्याहार सम्भार समेत गर्न छाडेको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement