कान्तिपुर समाचार, ०३ कार्तिक २०८१

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०३ कार्तिक २०८१

आजका मुख्य समाचार,

* कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भोलि अदालतमा पेस गरिने / न्यायको आशा बढेको सहकारीपीडितको भनाइ / रास्वपा समर्थकको प्रदर्शन ।

* एमाले पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङले दान दिएको जग्गा अर्कैको नाममा / जग्गा मालिक युनिटी प्रकरणमा मुछिएर ९ करोड धरौटीमा छुटेका व्यक्ति ।

* दशैंको बिदा पारेर प्रदर्शनमा आएका तीन चलचित्रको कमाइ १० दिनमै २३ करोडभन्दा माथि / पर्वको अवसर, आक्रामक प्रचार र स्टार कलाकारको आकर्षणले हलमा दर्शकको ओइरो ।

* इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासमा ड्रोन हमला / कुनै मानवीय क्षति नभएको सेनाको दाबी / लेबनानबाट इजरायलमा ५० भन्दा बढी रकेट प्रहार ।

* नेपाल र अमेरिकाबीच टी-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको दोस्रो खेल भोलि / एक खेलअगावै सिरिज कब्जा गर्ने नेपाली टोलीको लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.