कान्तिपुर समाचार, ७ असोज २०८१

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ७ असोज २०८१

आजका मुख्य समाचार

– सहकारी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति / पूर्वगृहमन्त्री लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको प्रदर्शन ।

– मोरङको उमागौरी कृषि सहकारीद्वारा सर्वसाधारणको १२ करोड अपचलन / सहकारीका ऋणीको सम्पत्ति बैंकमा राखेर ऋण निकालेको पुष्टि / सञ्चालक समितिको कागजात नै गायब ।

– चाडपर्वका बेला उपभोक्ता ठगिन नदिन सरकारी अनुगमन तीव्र / प्रभावकारी नभएको उपभोक्ताको गुनासो / प्रदेशले कानुन नबनाइदिँदा स्थानीय तहको पनि बेवास्ता ।

– इजरायलद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाह समूह लक्षित भीषण हवाइ हमला / एक सय ८२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते ।

– एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटमा नेपालले चाइनिज ताइपेइलाई तीन-एक गोलले हरायो / साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा श्रीलङ्कामाथि नेपालको जित / सुजनको ह्याट्रिक ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement