कान्तिपुर समाचार, ११ साउन २०८१

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ११ साउन २०८१

आजका मुख्य समाचार,

* नयाँ मौद्रिक नीतिमा अर्थतन्त्रको वास्तविकताभन्दा राजनीति हाबी / सेयर बजार र निर्माण क्षेत्रमा लचिलो / क्षणिक समाधान खोज्दा दीर्घकालमा असर पुग्ने विज्ञको ठम्याइ ।

* त्रिभुवन विमानस्थलभित्रैको इन्धन भण्डारण र वरिपरिका बस्तीले हवाई सुरक्षामा जोखिम / प्रतिवेदन कार्यान्वयनमा सरकारको बेवास्ता / दुर्घटनामा ज्यान गुमाउनेको शव बुझ्नै विवाद ।

* संघमा जस्तै मुख्यमन्त्री आलोपालोको मिति तोकिनुपर्ने भन्दै कांग्रेस-एमालेका प्रदेश नेताहरु शीर्ष नेतृत्व गुहार्दै / केन्द्रको गठबन्धनले प्रदेश सरकारमा किचलो ।

* पूर्वी लद्दाखको सीमा विवादबारे भारतीय र चिनियाँ विदेशमन्त्रीबीच कम्बोडियामा वार्ता / सीमा क्षेत्रबाट सेना फिर्ताको प्रक्रिया अघि बढाउन पहल गर्ने सहमति ।

* विश्व खेलकुदको महाकुम्भ पेरिस ओलम्पिकको औपचारिक उद्घाटन आज / स्यान्टु र मनिताले नेपालको झन्डा बोक्ने / २ सय ६ देशका साढे १० हजार खेलाडी सहभागी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement