कान्तिपुर समाचार, ०९ साउन २०८१

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०९ साउन २०८१

आजका मुख्य समाचार

– सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु / क्याप्टेन मनिषरत्न शाक्य घाइते / उद्धार संयन्त्र प्रभावकारी नहुँदा ठूलो क्षति ।  

– विमान दुर्घटनाबारे छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन / शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने ।

– निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे संसदीय सुनुवाइ समिति अनिर्णीत/ विवादितलाई नियुक्त नगर्न मानवअधिकार आयोगको आग्रह / उपसभामुखमाथि छानबिन गर्न सांसदहरूको माग ।

– चीनसँगको बीआरआई सम्झौता तत्काल कार्यान्वयन नगर्ने परराष्ट्रमन्त्री राणाको प्रष्टोक्ति / संसद् र सरोकारवाला निकायसँग थप छलफलपछि मात्रै निर्णय गरिने ।

– डेढ महिनादेखि रिक्त राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्तिमा एन्फाको ढिलाइ / भिन्सेन्चोसँगको सम्झौता नवीकरणबारे अन्योल / खेल गतिविधि ठप्प ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement