‘विभागको कमजोरी र प्राविधिक शाखाको गैरजिम्मेवारीले देशभरका सेवाग्राहीले दु:ख पाए’

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘विभागको कमजोरी र प्राविधिक शाखाको गैरजिम्मेवारीले देशभरका सेवाग्राहीले दु:ख पाए’

देशभरका ४२ वटै यातायात कार्यालयको सर्भर डाउन हुँदा सोमबार दिनभर नै सेवाग्राहीले सेवा पाउन सकेनन् । सर्भर मंगलबार आंशिक रुपमा सञ्चालनमा त आयो, तैपनि सेवा सहज भएन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पनि यातायात व्यवस्था विभागको कमजोरी र प्राविधिक कर्मचारीको गैरजिम्मेवारीका कारण सेवाग्राहीले दुःख पाउनुपरेको बताउनुभएको छ । सर्भरमा बारम्बार देखिने समस्या पनि चाँडै समाधान गरिने उहाँको भनाइ छ ।

प्रस्तुत छ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement