कान्तिपुर समाचार, २२ असार २०८१

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २२ असार २०८१

आजका मुख्य समाचार,

* बाढी र पहिरोमा ‍४ जनाको मृत्यु, सात बेपत्ता / बाँकेमा डेढ सय परिवार विस्थापित / काठमाडौं उपत्यका र दाङमा पनि डुबान / अधिकांश नदीमा पानीको बहाब उच्च ।

* अविरल वर्षाले मुख्य २७ राजमार्ग अवरुद्ध / पहिरो पन्छाउन ढिलाइले यात्रुलाई सास्ती / भोलिसम्मै पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम विभागको आग्रह ।

* भूकम्पप्रभावित जिल्लाका विद्यालयमा सोलार प्रणाली जडानमा भ्रष्टाचार / चिनियाँ कम्पनीका नाममा नेपालमै नक्कली कार्यालय खडा / शिक्षा मन्त्रालयको प्रतिवेदन अख्तियारमा ।

* इरानको राष्ट्रपतिमा सुधारवादी नेता मसुद पेजेस्कियान निर्वाचित / पश्चिमासँग सम्बन्ध सुधार र अनिवार्य हिजाब कानुनलाई खुकुलो पार्ने वाचा पूरा गर्न चुनौती ।

* एसीसी एसिया कप खेल्न जाने नेपाली महिला क्रिकेट टिमको बिदाइ / भोलि श्रीलंका जाने टोलीको लक्ष्य- पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement