कान्तिपुर समाचार, १९ असार २०८१

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १९ असार २०८१

आजका मुख्य समाचार

– सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरू राजीनामा बुझाउन बालुवाटारमा / सत्ता छाड्न प्रधानमन्त्री दाहाललाई कांग्रेसको आग्रह / सच्चिएर अघि बढ्न कांग्रेस–एमालेलाई विज्ञको सुझाव ।  

– राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवाद छताछुल्ल / केन्द्रीय समिति बैठकमै महामन्त्री ढकालको मुखमा कालोपट्टी / रास्वपालाई रविको मात्रै पार्टी नबनाउन अपिल ।

– कानुनी रूपमा दण्डनीय भए पनि जुम्लाका अधिकांश घरमा छाउगोठ / परिवर्तन चाहने किशोरीहरू पनि दबाबमा / सामाजिक कलंकको रूपमा रहेको छाउपडी उन्मूलन चुनौतीपूर्ण । 

– अमेरिकामा बाइडनलाई राष्ट्रपतिको चुनावी दौडबाट पछि हट्न दबाब बढ्दै / प्रेसिडेन्सियल डिबेटमा कमजोर प्रस्तुतिले बाइडनको कार्यक्षमतामाथि आफ्नै दलमा उठ्यो प्रश्न ।

– प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङको महिलातर्फ आरडीएसकी रमिसा श्रेष्ठ र आर्मीकी आरती बम्जन फाइनलमा / पुरुषतर्फ आर्मीका लालु आलेमगर र एपीएफका रबिन नेपाल उपाधि नजिक ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.