कान्तिपुर समाचार, १७ असार २०८१

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १७ असार २०८१

आजका मुख्य समाचार,

* कांग्रेस-एमालेबीच नयाँ सत्ता समीकरणको कसरत / एमाले अध्यक्ष ओलीसँगको छलफल सकारात्मक भएको कांग्रेस सभापति देउवाको भनाइ / प्रधानमन्त्री दाहाल भन्नुहुन्छ- गठबन्धन फेरबदल हुँदैन ।

* रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँमा जिप दुर्घटना / एक बालकसहित आठ जनाको मृत्यु / ६ जना घाइते ।

* चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) ऋणमै अघि बढाउने सरकारको तयारी / अस्वीकार्य हुने कांग्रेसको निर्णय / अनुदान या सहयोगमात्र स्वीकार गर्न सरकारलाई ध्यानाकर्षण ।

* फ्रान्सको संसदीय निर्वाचनमा दक्षिणपन्थी दल नेसनल र्‍याली-आरएनको ऐतिहासिक जित / दोस्रो चरणमा वामपन्थी गठबन्धन र राष्ट्रपति म्याक्रोंको दलबीच एक-अर्कामा सघाउने सहमति ।

* युरो कपको प्रिक्‍वाटरफाइलनमा आज शीर्ष वरीयताको बेल्जियम र २०१८ को विश्व विजेता फ्रान्स भिड्दै / अर्को खेलमा पोर्चुगलले स्लोभेनियाको सामना गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.