कान्तिपुर समाचार, १५ असार २०८१

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १५ असार २०८१

आजका मुख्य समाचार

– बर्सेनि तामझामका साथ धान दिवस मनाए पनि सालिन्दा १२ लाख टन धान अपुग/ ११ महिनामै २१ अर्बको चामल आयात/ किसानलाई सधैँ मल-बीउकै चिन्ता ।

– गुल्मी, स्याङ्जा र बाग्लुङमा पहिरोमा परी ९ जनाको मृत्यु/ गुल्मीमा मृत्यु हुने पाँच जना एकै परिवारका/ कोशी प्रदेशमा मनसुनजन्य विपद्को उच्च जोखिम कायमै ।

– शीर्ष नेताबाटै सहमति जुटाउनुपर्ने सङ्क्रमणकालीन न्यायको विषय फेरि कार्यदलमा पुर्‍याउने कसरत/ दलीय हठका कारण १७ वर्षदेखि टुंगिन नसकेको मुद्दा थप गिजोलिने जोखिम ।

– भारतमा धार्मिक स्वतन्त्रता कमजोर रहेको अमेरिकी प्रतिवेदन/ अल्पसंख्यकविरुद्ध घृणाजन्य अभिव्यक्ति बढेकोमा चिन्ता/ प्रतिवेदन एकपक्षीय रहेको भन्दै भारतको आपत्ति । 

– आईसीसी टी-ट्वेन्टी विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै/ टस जितेको भारतले पहिले ब्याटिङ गर्दै/ अपराजित रहँदै विश्वकप जित्ने लक्ष्यमा दुवै टिम ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.