कान्तिपुर समाचार, १० असार २०८१

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १० असार २०८१

आजका मुख्य समाचार,

* स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट / अधिकांश पालिका अझै संघकै अनुदानमा निर्भर / काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ।

* निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई विशेष दरबन्दी नै सिर्जना गरी योजना आयोगमा सारियो / हाल दुई सय ३२ जना निजामती कर्मचारी निलम्बित / धेरैजसोलाई भ्रष्टाचारको आरोप ।

* दक्षिण-पूर्वी एसिया मानव तस्करीको नयाँ गन्तव्य बन्दै / कम्बोडिया र म्यानमार पुर्‍याएर साइबर अपराधमा लगाउने गिरोह सक्रिय / कम्बोडियामा फसेका ६ नेपाली उद्धारको पर्खाइमा ।

* इजरायल र गाजाबीचको युद्धमा २१ हजार बालबालिका बेपत्ता / चार हजारजना भग्नावशेषमुनि पुरिएको सेभ दी चिल्ड्रेनको तथ्यांक / युद्धको प्रभाव पुस्तौंसम्म पर्ने चेतावनी ।

* टी-ट्वेन्टी विश्वकपमा भारत र अस्ट्रेलिया भिड्दै / टस जितेको अस्ट्रेलियाले फिल्डिङ गर्दै / सेमिफाइनल पुग्न जित्नैपर्ने दबाब ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement