कान्तिपुर समाचार, ३१ जेठ २०८१

जेष्ठ ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३१ जेठ २०८१

आजका मुख्य समाचार,

* चुरे संरक्षण अभियान सफल नहुँदा बन्जर बन्दै तराई-मधेश / अनियन्त्रित वन विनाश र नदीको अवैध उत्खनन्‌ले पानीका अधिकांश स्रोत सुके / पर्यावरणीय चक्रमै असर ।

* कानुन बनाउने संसद्‌मै महिलाबारे लगातार अमर्यादित र गैरकानुनी अभिव्यक्ति / चौतर्फी आलोचना हुँदासमेत न सभामुखको रुलिङ न त सांसदको नियमापत्ति ।

* कुल बजेटको १० प्रतिशत माग गर्दै आएको स्वास्थ्य मन्त्रालय, भएकै रकम खर्च गर्न असफल / ११ महिनामा पुँजीगत खर्च जम्मा ३३ प्रतिशत / व्यवस्थापकीय क्षमतामा प्रश्न ।

* विदेशमा जफत गरिएको रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने सात धनी देशको तयारी / जी सेभेनको ५० ‍औं शिखर सम्मेलन इटलीमा सुरु ।

* विभागीय टिम नेपाल आर्मी बन्यो राष्ट्रिय सुटिङ प्रतियोगिताको च्याम्पियन / अन्तिम दिन १० मिटर एयर राइफलमा कल्पना परियार र पेस्तोलमा ज्योतीका दाहाललाई स्वर्ण ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.