कान्तिपुर समाचार, ९ असार २०८१

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ९ असार २०८१

आजका मुख्य समाचार,

* मुख्यसचिव वैकुण्ठ अर्याल र दुई सहसचिवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा / अन्त:शुल्क स्टिकर छपाइमा साढे ३८ करोड अनियमिता गरेको अख्तियारको दाबी / अर्याल निलम्बित ।

* नब्बे हजार टन गोदाममा थन्किए पनि रोपाइँको सिजनमा किसानले पाएनन् मल / वितरण प्रणाली १५ वर्षदेखि बिचौलियाको कब्जामा ।

* बीस वर्षअघि एउटा मात्रै जिल्लामा देखिएको डेंगी देशभर फैलियो / ७२ जिल्लामा संक्रमण देखिँदासमेत रोकथाम र नियन्त्रणमा सरकार सुस्त ।

* गाजा युद्धको आगामी चरणबारे छलफल गर्न इजरायली रक्षामन्त्री अमेरिका प्रस्थान / वासिङ्टनले रोकेका ठूला बमको आपूर्ति फुकुवा गराउनु भ्रमणको उद्देश्य ।

* अन्डर नाइन्टिन राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ लुम्बिनी प्रदेशको विजयी सुरुवात / पुरुषतर्फ बागमती र कोशीको जित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement