आजका मुख्य समाचार
* जलनबाट बर्सेनी २ हजारले गुमाउँछन् ज्यान / ५० हजार घाइते / साढे ७ हजारभन्दा बढी सरकारी स्वास्थ्य संस्था भए पनि छैनन् विशिष्टकृत अस्पताल ।
* सरकारी जग्गा हिनामिनाको आरोपमा समातिएका अरुण चौधरीसँग सिआईबीको बयान / ठगी र किर्तेमा मुद्दाको तयारी / जग्गा फिर्ता गराएर उन्मुक्ति दिन राजनीतिक दबाब ।
* खाद्य संकटसँग जुध्ने रणनीतिसहित बन्यो १६ औं योजनाको मस्यौदा / आधारभूत खाद्यान्नमा आत्मनिर्भर हुने लक्ष्य / कृषियोग्य जमिनको उपयोग र सिँचाइ प्राथमिकतामा ।
* इरानी सशस्त्र समूह लक्षित अमेरिकी हवाई आक्रमणप्रति इराक र सिरियाको चर्को विरोध / मध्यपूर्वमा विनाशकारी परिणाम निम्त्याउने इराकको चेतावनी ।
* पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि / आर्मी ६ विकेटले पराजित / बागमतीका सूर्य तामाङ बने प्रतियोगिताकै उत्कृष्ट खेलाडी ।