बाढीले मोटर साईकल सहित बगाउँदा एक जनाको मृत्यु

असार २५, २०८२ |भानुभक्त निरौला
बाढीले मोटर साईकल सहित बगाउँदा एक जनाको मृत्यु

सोलुखुम्बु । भारी बर्षा सँगै सिखुखोलामा आएकोे बाढीले मोटर साईकल सहित बगाउँदा एक जनाको ज्यान गएको छ । थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर १ नेले र वडा नम्बर ६ को सिमानामा रहेको सिखुखोलामा आएको बाढीले बगाउँदा मोटरसाईकलमा सवार थुलुङ दुधकोशी गाउँपालिका ८ रणेमका मिङ्मार तामाङको ज्यान गएको हो ।

हिजो साँझ नेलेमा रहेको मोबाईल पसलबाट घर फर्कदैँ गर्दा सिखुखोलामा आएको बाढीका कारण ३६ बर्षिय तामाङको मृत्यू भएको हो । हिजो साँझ देखि हराईरहेका तामाङको सव विहान सडक भन्दा १ किलोमिटर तल खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपि मनोजित कुवँरले जानकारी दिन्भयो । बा ९४ प ३०९९ नम्बरको आफ्नै मोटरसाईकलमा चढेर हिँडेका तामाङको मोटर साईकल ५ सय मिटर तल फेला परेको र उनको शव १ किलोमिटर तल पुरिएको अवस्थामा निकालिएको डिएसपि कुवँरले बताउनुभयो । 


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।