धादिङको धौखोलामा रहेको कल्भर्ट पुल बाढीले क्षति

असार २५, २०८२ |पोषनाथ अधिकारी
धादिङको धौखोलामा रहेको कल्भर्ट पुल बाढीले क्षति

धादिङ । नीलकण्ठ नगरपालिका ८ र सिद्धलेक ४ जोड्ने धौखोलामा रहेको कल्भर्ट पुलमा क्षति पुगेको छ । गएरातीको वर्षा पछिको आएको भेलको कारण सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिको विभिन्न वडालाई सदरमुकामसँग जोड्ने धौखोला माथिको पुलको एकापट्टिको भाग भत्किएको हो । 

पुलको एकापट्टिको जीप भत्किदा यस भेगका स्थानीयलाई समस्या भएको ज्वालामुखी गाउँ पालिका अध्यक्ष यामनाथ दनैले बताउनु भयो । यता पृथ्विराजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० तिग्राङ खानी र जवाङ खोलाको बीचमा पानी निकासको लागि हालेको कल्भर्ट को केही भाग भासिएको कारण सवारी एकातर्फि सन्चालन भएको छ । मर्मतको लागि काम सुरु भै सकेको धादिङ ट्राफिक प्रहरी प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।