पश्चिम नवलपरासी बर्दघाटमा ४५ घर डुबानमा

असार २५, २०८२ |नवीन पौडेल
पश्चिम नवलपरासी बर्दघाटमा ४५ घर डुबानमा

परासी । मंगलबार राती देखि परेको बर्षाको कारण पश्चिम नवलपरासीको बर्दघाटमा ४५ घर डुबानमा परेको छ । बर्दघाट नगरपालिका १० लन्डनबृज राजमार्ग देखि उत्तर तर्फको बस्ती डुबानमा परेको स्थानीय देबिदत्त पौडेलले बताउनुभयो । 

पानीको निकास नहुँदा बर्षाको भेल पानी जम्मा हुँदा डुबान परेको हो । बस्ती जलमग्न भएपनि क्षती भएको छैन । डुबान भएको क्षेत्रका स्थानीयले सामान तथा पशु चौपाया सुरक्षित स्थानमा राखेका छ्न् ।

उत्तर तर्फ बाट आएको पानी को निकास नहुदा यो क्षेत्रमा बर्षा हुना साथ जलमग्न हुने गरेको छ । पछिल्लो १२ घन्टामा पश्चिम नवलपरासीको बर्दघाटमा १४३.४ मिलिमिटर र परासीमा १००.२ मिलिमिटर बर्षा भएको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।