पूर्वी नवलपरासीको ऐतिहासिक रूद्रपुरगढी संरक्षणको अभावमा

कार्तिक २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वी नवलपरासीको ऐतिहासिक रूद्रपुरगढी संरक्षणको अभावमा

पूर्वी नवलपरासी। पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको ऐतिहासिक रूद्रपुरगढी संरक्षणको अभावमा नष्ट हुँदै गएको छ।

तत्कालीन समयमा रिब्दिकोटका सेन वंशीय राजा रूद्रसेनले बिक्रम संवत् १५५० मा पाल्पालाई आफ्नो राज्यको केन्द्र बनाउँदै अघि बढ्ने क्रममा यस गढीको निर्माण भएको इतिहास छ। तर, अहिले गढी भएको स्थान झारपातले भरीएको छ भने संरक्षण अभावमा शिला तथा संरचना नष्ट हुँदै गएका छन् ।

गढीसम्म पुग्न केही वर्ष अगाड‍ि निर्माण गरिएको पदमार्गको सिढी पनि सरसफाई नहुँदा झाडीले छोपिँदै गएको छ। यसस्थानबाट नेपालको सुन्दर हिमाल र पहाडका दृश्य नियाल्न सकिन्छ भने भारतको बिहार सम्मका भूभागको अवलोकन गर्न सकिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement