आजका मुख्य समाचार,
* आगलागी र डढेलोका घटना बढी हुने समय नजिकिँदा नियन्त्रणमा छैन पूर्वतयारी / साउनयता मात्रै १५ सय आगलागीका घटना / स्थानीय सरकारलाई स्रोतसाधनको अभाव ।
* संसदीय समितिमा विचाराधीन विधेयक आगामी अधिवेशनमै सदनमा पुग्नेमा सभापतिहरुकै आशंका / कानुन मस्यौदाको जिम्मेवारी पाएको आयोगलाई बेवास्ता गर्दा विषय विज्ञताको अभाव ।
* मुलुकको ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो / वैदेशिक ऋणको सदुपयोग नहुँदा प्रतिफल नदेखिएको विज्ञको दाबी / राजस्वजति प्रशासनिक खर्चमै ठिक्क ।
* युक्रेनसँग वार्ताका लागि तयार नभए रुसमाथि थप प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी / आपसी सम्बन्धबारे चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच छलफल ।
* आईसीसी महिला अन्डर नाइन्टिन टी-ट्वेन्टी विश्वकपमा नेपालको लगातार तेस्रो हार / समूहको अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित ।