कञ्चनपुरमा एक प्रहरी जवानले आफैँमाथि चलाए गोली

माघ ९, २०८१ |हरिश्चन्द्र बाग
कञ्चनपुरमा एक प्रहरी जवानले आफैँमाथि चलाए गोली

कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका छन् । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले बुधबार राति ड्युटीमा रहेका बेला आफैँमाथि गोली प्रहार गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ । बिष्टलाई थप उपचारका लागि कैलाली स्थित निसर्ग अस्पतालमा लगिएको छ । आत्मघाती गोली प्रहार गर्नुको कारण भने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो ।

यसअघि पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले पनि ड्युटीमा रहेकै समयमा आफैँमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने उपचारपछि अहिले घर फर्किएका छन् । 


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement