‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप

मंसिर ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप

काठमाडौं । सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्रबाट सदस्य थप गरिएको बताउनु भयो ।

पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित आयोगमा व्यवसायीहरू चन्द्रप्रसाद ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ), राजेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल उद्योग परिसंघ) र कमलेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श) लाई सदस्यमा थप गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.