रबि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी

मंसिर ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
रबि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी

चितवन । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले रविसहित १० जनाविरुद्ध पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

रविसहित १० जना विरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका बचतकर्ताले दुइदिन अघि चितवन प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधार चितवन प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.