मनाङ । नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा दशैँ तिहारलगत्तै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको यो ताल समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर उँचाइमा अवस्थित छ । यस क्षेत्रमा अहिले पर्यटकको घुँइचो लागेको हो । नेपालीको घुम्ने संस्कृति विकास भएकाले पनि पछिल्लो वर्ष विदेशी भन्दा आन्तरिक पर्यटकको संख्या बढी छ ।