दोलखाको बेदिङ गो हिमाल पहिलो पटक सफल आरोहण

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
दोलखाको बेदिङ गो हिमाल पहिलो पटक सफल आरोहण

दोलखा । रोल्वालिङ हिमश्रृखलाअन्तर्गत दोलखामा पर्ने ६ हजार १ सय २५ मिटर अग्लो बेदिङ गो हिमालको उत्तर पश्चिमी मोहडाबाट पहिलो पटक दुई आरोहीले सफल आरोहण गरेका छन् ।

अलपाइन विधिबाट बाटो बनाएर गौरीशंकर गाउँपालिका- ९ बेदिङका ४५ वर्षीय पासाङ किदर शेर्पा र ५३ वर्षीया अमेरिकी महिला पर्वतारोही डानिका गिल्बर्टले असोज २८ गते मध्यान्न १२ बजेर ७ मिनेटमा निकै कठिन मानिएको बेदिङ गो हिमालको सफल आरोहण गर्नुभएको हो ।

शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड हुनुहुन्छ । उहाँले नयाँ हिमालमा बाटो पहिचान गर्ने र त्यसको आरोहणपछि मात्रै अरू आरोहीका लागि हिमाल चढ्न योग्य छ छैन भनेर पर्यटन मन्त्रालय र नेपाल माउटेरिङ एसोसिएसनलाई रिपोर्ट बुझाउने गर्नुहुन्छ ।

उत्तर पश्चिमबाट बेदिङ गो हिमाल सफल आरोहण गरेसँगै बाटो समेत बनेको आरोही शेर्पाले बताउनुभयो । यो हिमाल अन्य पर्वतारोहीका लागि पनि खुला भएको उहाँले बताउनुभयो । उक्त हिमाल आरोहणका क्रममा नयाँ हिमतालहरु पनि देखिएको जानकारी उहाँ दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.