हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका ९ पर्वतारोहीको काठमाडौंमा भव्य स्वागत

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका ९ पर्वतारोहीको काठमाडौंमा भव्य स्वागत

काठमाडौं । हिमाल आरोहणमा विश्व कीर्तिमान कायम गरेका पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरेर फर्किएका ९ जना विश्वकीर्तिमानी आरोहीलाई आज नेपाल पर्वतारोहण संघले भव्‍य स्वागत गरेको हो।

विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो आरोही १८ वर्षीय निमा रिञ्जी शेर्पा तथा अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छोटो समयमा आरोहण गरेका निर्मल पुर्जा लगायतलाई सम्मानसहित त्रिभुवन विमानस्थलमा गरिएको हो ।

यस्तै आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखर चुम्ने पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने मिङ तेम्बा शेर्पा पनि सम्मानित भएका छन ।

कीर्तिमानी आरोहीहरूको स्वागतमा विमानस्थल आफ्नो पहिचान झल्किने भेषभूषा र बाजागाजाले उल्लासमय बनेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.