काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो उपलब्धि र विगतलाई समेट्ने गरी सङ्ग्रहालय स्थापना गरेको छ ।
वर्ल्ड लिंक कम्युनिकेसन्सका अध्यक्ष दिलीप अग्रवालले ललितपुरको कुसुन्तिमा संग्रहालयको उद्घाटन गर्नुभएको हो । संग्रहालयमा वर्ल्ड लिंकले स्थापना कालदेखि अहिलेसम्म प्रयोग भएका उपकरण राखिएको छ ।
वर्ल्ड लिंकले ईमेल / इन्टरनेट, डायलअप, भी स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणह संग्रहालयमा राखेको छ ।
अध्यक्ष अग्रवालले आगामी दिनमा वर्ल्ड लिंकले ग्रामीण क्षेत्रमा सेवा विस्तारलाई तीव्रता दिने बताउनुभयो । यस्तै प्रमुख कार्यकारी अधिकृत केशव नेपालले आफूहरूको प्राथमिकता गुणस्तरीय सेवा भएको बताउनुभयो ।
वर्ल्ड लिंक कम्युनिकेसन्नसले नेपालको इन्टरनेट बजारको झन्डै एक तिहाइ बजार ओगटेको छ ।