साइमेक्स इन्कद्वारा तापवाहन क्षमताको परीक्षण

आश्विन १२, २०८० |कान्तिपुर टीभी संवाददाता
साइमेक्स इन्कद्वारा तापवाहन क्षमताको परीक्षण

काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री प्रालिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ब्याट्रीको ‘नेल पेनिट्रेसन टेस्ट’ अर्थात् तापवाहन क्षमताको परीक्षण गरेको छ ।

कम्पनीले आज काठमाडौंमा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा ब्याट्रीको परीक्षण गरेको हो । ब्याट्रीको तापवाहन क्षमताको परीक्षण गर्ने विधिमा सबैभन्दा कठिन भएकाले यसलाई ब्याट्री परीक्षणको ‘माउन्ट एभरेस्ट’ भनिन्छ ।

हालसम्म बीवाईडीको ब्लेड ब्याट्रीले मात्र यस्तो परीक्षण सफलतापूर्वक पार गरेको छ । साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडीको ब्लेड ब्याट्री सुरक्षित रहेको प्रमाणित भएको बताए ।

परीक्षणका क्रममा ब्लेड ब्याट्रीको सतहको तापक्रम ३० देखि ६० डिग्री सेन्टिग्रेडसम्म पुगेको थियो, जबकि अन्य परम्परागत लिथियम आयन-एनसीएम ब्याट्री परीक्षणका बेला पाँच सय डिग्री सेन्टिग्रेडसम्मभन्दा माथिको खतरनाक उच्च तापक्रमसम्म पुगेर आगो लागेको थियो । ब्लेड ब्याट्री विस्फोट हुने या आगो लाग्ने सम्भावना नरहने कम्पनीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.