आज राष्ट्रिय विज्ञान दिवस

आश्विन १, २०८० |कान्तिपुर टीभी संवाददाता
आज राष्ट्रिय विज्ञान दिवस

काठमाडौं । ११औँ राष्ट्रिय विज्ञान दिवस आज मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

दिवसको अवसरमा आज ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण सभाहलमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।

हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारेर २०७० सालदेखि देशव्यापीरूपमा विज्ञान दिवस मनाउने गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.