नयाँ आइफोनमा यूएसबी-सी चार्जिङ प्वाइन्ट हुने पक्का

भाद्र १९, २०८०
नयाँ आइफोनमा यूएसबी-सी चार्जिङ प्वाइन्ट हुने पक्का

काठमाडौं । आगामी मंगलबार सार्वजनिक हुन लागेको नयाँ आइफोनमा यूएसबी-सी चार्जिङ प्वाइन्ट हुने लगभग निश्चित भएको छ ।

एप्पलका फोनमा अहिले विशेष प्रकारको लाइटनिङ एडेप्टर प्रयोग हुन्छ । जो उसको प्रतिस्पर्धी ब्रान्डको फोनको भन्दा फरक हुन्छ ।

तर उपभोक्ताको पैसा र स्रोच-साधन बचतका लागि युरोपियन युनियनले नयाँ नियम बनाएको हो । यसर्थ अब फोन निर्माताहरुले सन् २०२४ को डिसेम्बरसम्म सबैलाई मिल्ने चार्जिङ कनेक्सन बनाउन अनिवार्य छ ।

नवीनतम् आइप्याडसहित एप्पलका अधिकांश नयाँ उत्पादन यूएसबी-सी चार्जिङ प्वाइन्ट अपनाएका छैनन् । तर, कम्पनीहरुले युरोपियन युनियनको नियमविरुद्ध तर्कहरु पेस गरिरहेका छन् ।

सेप्टेम्बर २०२१ मा युरोपियन युनियनले जब यो नियम ल्यायो त्यसपछि यही नियमलाई लिएर एप्पलका एक प्रतिनिधिले बीबीसीलाई प्रतिक्रिया दिएका थिए कि- यस नियमको अनिवार्य गरेपछि सबैका चार्जर एकै प्रकारको हुनेछन् । जसमा नयाँ आविष्कारलाई प्रोत्साहन गर्नुको साटो हतोत्साही बनाइएको मानिनेछ । यसले अन्तत: युरोप तथा विश्वकै उपभोक्तालाई नोक्सान हुनेछन् ।

-बीबीसी