काठमाडौं । विश्वको चर्चित सर्च इन्जिन गुगलले आज २५औं वार्षिकोत्सव मनाएको छ ।
अमेरिकी स्टानफोर्ड विश्वविद्यालयमा पीएचडी अध्ययनरत ल्यारी पेज र सर्गे ब्रिनले सन् १९९० मा 'पेज र्यांक' नामको वेबसाइट स्थापना गरेका थिए जसले अन्य सर्च इन्जिनको श्रेणी मूल्यांकन गर्थ्यो । सोही वेबसाइटले अन्य सर्च इन्जिनभन्दा बढी चर्चा पाएपछि सन् १९९७ को सेप्टेम्बरमा गुगल नाम दिइयो ।
यस वर्षको अगस्टसम्मको रिपोर्टअनुसार गुगलले विश्व बजारको ९२ प्रतिशत हिस्सा ओगटेको छ । अन्य सर्च इन्जिनहरु बिंग ३ प्रतिशत र याहु १ प्रतिशतमा सीमित छन् ।
अल जजिराका अनुसार गुगलमा सबैभन्दा बढी खोजी सेलिब्रिटी र विश्व नेताहरुको हुने गरेको छ । प्रत्येक १०० खोजमा ३८ जनाले सेलिब्रिटी र विश्व नेताहरुका बोरमा खोज्छन् भने २७ जनाले प्रविधिबारे खोज्छन् ।